रेडियो सराङ्कोटको वार्षिकोत्सवमा रक्तदानदेखि मिडिया कप फुटसल प्रतियोगितासम्म
फुटसल कप च्याम्पियनलाई ४० हजार
कास्की | भदौ २, २०७९
पोखरा: सामुदायिक रेडियो सराङ्कोटले १६ औँ वार्षिकोत्सवको अवसरमा ‘मिडिया कप’ फुुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पोखरामा केन्द्रिय कार्यालय रहेको रेडियो सराङकोटको वार्षिकोत्सवको अवसरमा आगामी आसेज ७ र ८ गते मिडिया फुटसल आयोजना गरिने आज (बिहीबार) पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
कार्यक्रम संयोजक युवराज भण्डारीले दुई दिन सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको जानकारी दिए ।
‘कास्कीमा आवद्ध संचार माध्यममा क्रियाशिल संचारकर्मी तथा पत्रकारहरुले मात्र खेल्न पाउने गरि मिडिया कप फुुटसल प्रतियोगिता आयोजना गरेका हौँ, उनले भने,‘ गैर पत्रकार समावेश भए टिमलाई रद्द गर्नेछौँ रेडियो अनलाइन तथा टेलिभिजनमा कार्यरत कर्मचारी तथा पत्रकार मात्र खेल्न पाउने छ ।’
संयोजक भण्डारीका अनुसार अनलाइनको हकमा २ वटा मिडिया मर्ज गरेर खेलमा सहभागी हुन पाउँनेछन् । उनले उक्त प्रतियोगितामा करिब २५ टिमको सहभागिता रहने जानकारी दिएका थिए ।
वि.स. २०६३ साल असोजमा सराङकोट बहुुउद्धेश्यीय सहकारी संस्थादारा स्थापित रेडियो सराङकोटले असोज ६ गते वार्षिकोत्सव मनाउँनेछ ।
रेडियोले भदौ ७ गते कास्कीमा क्रियाशिल महिला पत्रकारलक्षित तीज प्रगियोगिता , रक्तदान तथा सरसफाई कार्यक्रम आयोजना गर्ने आयोजकले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

